सुनसरी । “वनलाई बगैँचा बनाऔँ, पशुपन्छी तथा जङ्गली जनावरहरूको बासस्थान सुनिश्चित गर्दै जैविक विविधता कायम राखौँ” भन्ने उद्देश्यका साथ सामुदायिक प्रकृति संरक्षण अभियान नेपाल, इटहरी–९ ले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा कोशी प्रदेशका गीता चौधरी र अशोककुमार चौधरी को सहभागिता रहेको थियो।

वृक्षारोपणमार्फत हरियाली प्रवर्द्धन, वन्यजन्तुको बासस्थान संरक्षण तथा वातावरणीय सन्तुलन कायम राख्न योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रममा वातावरण संरक्षण, प्राकृतिक स्रोतको दिगो उपयोग तथा जैविक विविधता जोगाउने विषयमा समेत जोड दिइएको आयोजकले जनाएको छ।