मोरङ — सुन्दरहरैचा नगरपालिका मा सुकुम्बासी समुदायले आफ्नो बसोबास अधिकारको माग गर्दै प्रदर्शन गरेका छन्।
स्थानीय सुकुम्बासीहरू भेला भएर नगरपालिका क्षेत्रमा विरोध जुलुस निकाल्दै आफूहरूलाई सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले “बसोबासको अधिकार सुनिश्चित गर”, “विकल्प बिना हटाउन पाइँदैन” जस्ता नाराबाजी गरेका थिए।
प्रदर्शनकारीहरूले पछिल्लो समय देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउने कार्य तीव्र भएको भन्दै सुन्दरहरैचामा पनि त्यस्तै अवस्था आउन सक्ने चिन्ता व्यक्त गरेका छन्। उनीहरूले आफूहरूलाई दीर्घकालीन समाधान, जग्गाको लालपूर्जा वा वैकल्पिक आवासको व्यवस्था गर्नुपर्ने माग राखेका छन्।

















