सुनसरी । सुनसरीको एक परिक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी एक नक्कली परीक्षार्थी प्रहरीले पक्राउ गरेको छ । 

भोक्राहा नरसिंह गाउँपालिका  ४ स्थित  श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परिक्षा दिइरहेकी २० वर्षीया नुसरत बानोलाई पक्राउ परेकी हुन । प्रहरीका अनुसार नुसरतले सलमा अजहरको नाममा आज सामाजिक विषयको परिक्षा दिइरहेकी थिइन् । नुसरत र सलमा नातामा भाउजु र नन्द हुन । 


सलमा भोक्राहा नरसिंह कै वडा नम्बर २ मा रहेको जामिया इस्लामिया मदरसामा कक्षा १० मा अध्ययनरत थिइन् । तर उनी हाल देश बाहिर रहेको परिवारले जानकारी दिएको प्रहरीको भनाई छ । 

सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेका अनुसार नुसरतले आफ्नै नन्द सलमा अजहरको नाममा जारी गरिएको प्रवेशपत्र लिएर परीक्षा दिइरहेको पाइएपछि पक्राउ गरिएको हो  । 

पक्राउ परेकी नुसरतलाई जिल्ला प्रहरी कार्यालय इटहरुवा ल्याएर थप अनुसन्धान अगाडी बढाइएको प्रहरी उपरिक्षक थेबेले जानकारी दिए ।