सुनसरी । नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जीतमा नेपाली सेना र बारबरा फाउण्डेसनको  भूमिका रहेको बताएका छन् । 

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेता थापाले यस्तो बताएका हुन । 



 रास्वपाको ऐतिहासिक विजय र प्रधानमन्त्री बालेन्द्र शाहलाई एमालेका तर्फबाट बधाई दिएका थापाले भने, यो जीतमा मुख्यत ः सुशीला सरकार, नेपाली सेना, कार्की आयोग, बारबरा फाउन्डेसन एनजीओजस्ता संस्था तथा पात्रहरूको पनि भूमिका रह्यो, उहाँहरूलाई पनि बधाई । 


यस्तै उनले टीओबी, अल्गोरिदमदेखि गोयबल्सहरूका कारण रास्वपाको जादूमयी जीत भएको पनि आरोप लगाएका छन् ।