सुनसरी । श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले एमसीसी खारेज गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै  साम्पाङले अमेरिकी सहायता परियोजना (एमसीसी) खारेज गर्न माग गरेका हुन । 

उनले संसदमा भने,  ‘देशको स्वाधिनता र असंलग्न परराष्ट्र नीतिलाई बचाइ राख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी एमसीसी खारेज गर्नुपर्छ भनेर माग गर्दछु ।’


उनले सबै सांसदको सम्पत्ति छानबिन गर्न पनि माग गरे। शिक्षालाई उत्पादन, निर्माण र आविष्कारसँग जोड्नुपर्छ, सरकारले त्यसमा ध्यान देओस्,’ उनले भने। उनले जीवनोपयोगी शिक्षा लागू गर्नुपर्नेमा जोड दिए। 

सांसद साम्पाङले सरकारले सम्बोधन गर्नुपर्ने भन्दै सभामुख मार्फत माग पत्र पेश गरेका छन् ।