सुनसरी । प्रधानमन्त्री बालेन्द्र शाहले कोशी प्रदेशका सांसदहरुसँग छलफल गरेका छन् । सामुहिक रुपमा छलफल गरेका प्रधानमन्त्रीले सांसदहरुलाई  ‘टू दी पोइन्ट कुरा राख्नुस् ।’ भनेर आग्रह गरेका थिए । 


प्रधानमन्त्रीले तत्काल गरिहाल्नुपर्ने, बजेट आउनु अगाडिसम्ममा गर्दा हुने र बजेटमा व्यवस्था गरेर गर्नुपर्ने गरी तीन किसिमका कामहरुको बारेमा जानकारी मागेको एक सांसदले जानकारी दिए । 


प्राथमिकताका आधारमा गर्नुपर्ने कामको विवरण पेश गर्न उनले भनेका थिए । 

छलफलमा उपस्थित केही सांसदहरुले सामान्यतया आवश्यकताका आधारमा गर्नुपर्ने केही कामका बारेमा बताएका थिए । केही सांसदले भने बुझेर पछि रिपोर्ट पेश गर्ने बताएका थिए ।