नेपाल पत्रकार महसंघको ७१ औँ स्थापना दिवसको अवसरमा आज इटहरीमा प्रभातफेरीको आयोजना गरिएको छ ।

नेपाल पत्रकार महासंघ सुनसरीको आयोजनामा इटहरीमा भेला भएका पत्रकारहरुले प्रभातफेरी गर्दै नगरको परिक्रमा गरेका छन् । 

सुनसरीका इटहरी, धरान, इनरुवा, रामधुनी, दुहबी बराहक्षेत्र लगायतका सबै शहरहरुमा सक्रिय रहेर काम गर्दै आएका पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । 

इटहरी उपमहानगरपालिकाको गेटबाट सुरु गरिएको प्रभातफेरी इटहरी चौकको परिक्रमा गरी उपमहानगरपालिका अगाडी आएर कोण सभा गरिएको थियो । 

660526086_10237387461640098_4908567323949391683_n


कोण सभामा बोल्दै नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष कृष्ण अधिकारीले पत्रकार संघबाट महासंघ बनाउन सुनसरी जिल्लाले खेलेको भूमिकाका चर्चा गर्नु भयो । नेपाल पत्रकार महासंघको इतिहासमा सुनसरी जिल्ला ऐतिहासिक जिल्लाको रुपमा रहँदै आएको उहाँले बताउनुभयो । 


यस्तै पत्रकारका विभिन्न संगठनहरुको तर्फबाट धारणा राख्दै प्रेस चौतारी नेपालका प्रदेश अध्यक्ष सुमन पुरीले देशमा लोकतन्त्रको कठिन अभ्यासका क्रममा रहेको बताउनुभयो । व्यालेटबाट आएको नयाँ सरकारले संविधानले ग्यारेन्टी गरेको ट्रेड युनियन अधिकार हटाउन खोजेको बताउनुभयो । 


आगामी दिनमा प्रेससँग सम्बन्धीत अधिकारहरु पनि कटौती हुन सक्ने भन्दै त्यस तर्फ सचेत रहनुपर्ने समय आएको अध्यक्ष पुरीले बतानुभयो । 

पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले महासंघ सुनसरीले पत्रकारको हकहित र क्षमता विकासका लागि काम गर्दै आएको बताउनुभयो । 

658780206_1643591659988728_6323737140004460672_n

662498384_10237387464520170_1200515267936559608_n