विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव हारे जिल्ला छाड्ने बताएका इलामका जगतबहादुर नेम्वांगले जिल्ला छाडेका छन् । निर्वाचनमा दिन टिक टकमा रमेश बुढाथोकीसँग एमाले अध्यक्ष ओलीले चुनाव हारे जिल्ला छाड्ने बताएका थिए ।
नेम्वांगले आफूले दिएको बचन अनुसार इलाम छाडेर पाँचथर गएको बताए । उनी इलाम नगरपालिका वडा नम्बर १० मा बस्दै आएका थिए । एमाले इलाम नगर कमिटीका सदस्य समेत रहेको नेम्बांगले बोलीको पक्का हुनु पर्छ भनेर आफू पुरानो गाउँ फर्किएको बताए ।
उनी अहिले पाँचथरको फाल्गुननन्द गाउँपालिकामा वडा नम्बर ७ सिलिंदिंग पुगेका छन् । सिलिंदिंग उनको पुर्खौली थलो हो । उनी त्यहाँबाट इलाम झरेका थिए ।
उनका दुई छोरा र एक छोरी छन् । कान्छो छोरा भारतीय लाहुरे हुन् भने जेठो छोरा व्यापार व्यवसाय गर्छन् । नेम्बांगले भने, अहिले म मात्रै पाँचथर फर्किएको छु । अरू भने आ आफ्नो हिसाबले इलाम मै बस्ने छन् ।
उनले पाँचथरमा पनि आफ्नो जग्गा जमिन भएकाले अव त्यही बस्ने बताए । उनले भने पार्टी सदस्यता पाँचथर सार्ने विषयमा भने सल्लाह गरिरहेको छु । अहिले भरखरै पाँचथरमा एमालेका तर्फबाट उम्मेदवार बनेका आइन्द्र सुन्दर नेम्बांगले फोन गर्नु भएको छ । यस बारेमा पछि निर्णय गर्नेछु । नेम्बांले भने, राजनीतिमा बचनको पक्का नभएर जनताहरूमा निराशा आएको छ । नेता भएपछि बालेको पुरा गर्नु पर्छ । म बचनको पक्का छु । उनले जिल्ला छाडे पनि आफू एमालेको राजनीतिबाट टाढा नभएको बताए ।
उनले भने, म अव पनि एमालेमै रहने छु । बचनको पक्का भएर काम गर्ने छु । परिवार भने इलाममै बस्ने बताए । उनले भने, इलाम आउने जाने भइरहन्छ । तर बस्न चाहिँ पाँचथरमा बस्ने छु ।














