सुनसरी ।  सुनसरी क्षेत्र नम्बर ३ मा रासोपाका उम्मेदवार अशोक चौधरीले अग्रता लिएका छन्। 


५०० मत गणना हुँदा चौधरीले २६७ मत ल्याएर अगता लिएका छन्। नेकपा एमालेकी भगवती चौधरीले ११० मत ल्याउँदा नेपाली कांग्रेसका विजय कुमार गच्छदारले ९२ मत ल्याएका छन् ।


नेपाली कम्युनिस्ट पार्टीका दुर्गेश चौधरीको १४ मत छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना दुहबी नगरपालिका–६ स्थित पशु सेवा तालिम केन्द्रमा मतगणना भइरहेको छ।


यस क्षेत्रमा कुल १ लाख ३४ हजार ३०२ मतदाता रहेकामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ९५ हजार १९५ मत खसेको छ।