विराटनगर । मोरङको कटहरीबाट स्रोत नखुलेको ४ लाख ६२ हजार रुपैया बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले श्रोत नखुलेको रकम सहित टाटाको योद्वा गाडी र त्यसका चालक समेत नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार हुलाकी सडक खण्डअन्तर्गत कटहरी गाउँपालिका–३ बाट स्रोत नखुलेको ४ लाख ६२ हजार ५ सय नेपाली रूपैयाँ बरामद भएको हो ।
प्रहरी प्रमुख एसपी कविद कट्टुवालका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले प्रदेश १–०२–००२ च ६६१० नम्बरको टाटा योद्धा पिकअप गाडी नियन्त्रणमा लिएर खानतलासी गर्दा सो रकम फेला परेको हो ।
प्रहरीले गाडी र गाडी जहदा गाउँपालिका–२ का अन्दाजी २४ वर्षीय विशाल टुडूलाई नियन्त्रणमा लिइएको एसपी कटवालले बताए ।
उनका अनुसार बरामद भएको रकम, नियन्त्रणमा लिइएको गाडी र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । उक्त रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीको अनुमान छ ।














