इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले उदयपुरलाई इन्डोनेसियाको बाली जस्तो पर्यटकीय स्थल बनाउन सकिने बताएका छन् ।
आज इटहरीको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै नेता शाहले भने, बराहक्षेत्र हुँदै हामी उदयपुरको विभिन्न क्षेत्र पनि घुमेका थियौँ, त्यहाँको पोस्टल एरिया हेर्दा इन्डोनेसियाको बाली, माल्दिभ्स जस्तो विकास गर्न सकिन्छ कि जस्तो लाग्यो ।
इन्डोनेसियाको बाली अन्तराष्ट्रिय पर्यटकीय क्षेत्रको रुपमा स्थापित छ । त्यहाँको भुगोलसँग तुलना गर्दै नेता बालेनले उदयपुरलाई त्यस्तै विकास गर्न सक्ने पार्टी बन्न चाहान्छ राष्ट्रिय स्वतन्त्र पार्टी भनेर उनले आफ्नो योजना सुनाए ।
करिब ५ मिनेट जति बोलेका बालेनले कोशी प्रदेशका अन्य सम्भावनाहरुको कुरा गर्दै विकास गर्ने एजेण्डा सुनाएका थिए ।

















