सुनसरी । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीका चारै क्षेत्र काँग्रेसले जित्नसक्ने विश्वास सहित अघि बढ्न स्थानीय नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । 


आज (मंगलबार) सुनसरीको जमुवामा कार्यकर्ता भेटघाट कार्यक्रममा  बोल्दै सभापति थापाले सुनसरी चार बाट पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई जिताएर पठाउन आग्रह गरेका छन्। 


भोलिको संसद्मामा कार्की जस्तो अनुभवी र अत्यन्त सकारात्मक सोच भएको नेता चाहिने सभापति थापाले सुनाए ।

सभापति थापाले भने  ‘फेरि पनि मलाई के विश्वास छ भने, भोलिको संसद्मा कांग्रेसभित्र सबैलाई मिलाएर लैजाने बेला मलाई अनुभवी र अत्यन्त सकारात्मक सोच भएको नेता चाहिन्छ, संसद्मा मलाई ज्ञानेन्द्र दाइ चाहिएको छ,’