सुनसरी । नेपाली काँग्रेसका सभापति गगन थापाले बदलिएको काँग्रेसको नयाँ सोच,नीति र योजनाका बारेमा जनतलाई गाउँ गाउँ गएर बुझाउन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
सुनसरीको इटहरीमा आज कार्यकर्ता भेटघाट कार्यक्रममा संक्षिप्त कुराकानी गर्दै सभापति थापाले देशलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पसहित कांग्रेसले अघि सारेका नीति र योजनाबारे जनतालाई बुझाउन आवश्यक रहेको बताए ।
निर्वाचन आउन करिब २१ दिन मात्र बाँकी रहेको अवस्थामा बाँकी समय अन्य काम छोडेर घर–घरमा पुगेर चुनावी प्रचारमा लाग्न सभापति थापाले निर्देशन दिए ।
सभापति थापाले सुनसरी क्षेत्र नम्बर २का उम्मेद्वार राजिव कोइरालालाई जिताएर पठाउन आग्रह गरे ।
उनले भने, तपाईहरु राजिव दाईलाई जिताएर पठाउँनुस्, उहाँले संसदमा पुगेर जनताको प्रभाकारी प्रतिनिधित्व गर्नेमा म विश्वस्त छु ।
सभापति थापाले उम्मेद्वार कोइरालालाई जिताएर पठाउन सबै नेता तथा कार्यकर्तालाई अरु काम छाडेर केही समय गाउँ गाउँ गएर निर्वाचन प्रचारमा लाग्न निर्देशन पनि दिए ।

















