सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टीको झापा ५ स्थित कमल गाउँपालिका सम्पर्क कार्यालय राखिएको घरमा गएराति ढुंगा प्रहार भएको छ । ढुंगा प्रहारबाट झ्यालको सिसा फुटेको छ ।
कमल गाउँपालिका २ स्थित जयप्रकाश अधिकारीको घरमा कार्यालय राखिएको थियो । राति ढुंगा हानेर उनको घरको झ्यालको सिसा फुटेको प्रहरीले जनाएको छ ।
रास्वपाको सम्पर्क कार्यालय माथिल्लो तलामा खोलिएको छ । झापाका सीडीओ शिवराज गेलालले सम्पर्क कार्यालय भएको कोठामा भने केही नभएको जानकारी दिए ।
‘ढुंगाले लागेर अधिकारीको घरको झ्यालको सिसा फुटेको जानकारी आएको छ । हामी अनुसन्धान गरिरहेका छौँ’, उनले भने ।
रास्वपाका क्षेत्रीय सभापति भेषराज भट्टराईले सम्पर्क कार्यालय रहेको घरमा ढुंगा हानिएको विषयमा अनुसन्धान हुनुपर्ने बताए ।

















