विराटनगर । राष्ट्रिय सभाको निर्वाचनमा कोशीमा १४ जना अनुपस्थित भएका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार कोशीमा पालिकातर्फ ९ जना र प्रदेश सभाबाट ५ जना अनुपश्चित भएका छन् ।
कोशी प्रदेशमा ९३ जना प्रदेश सभा सदस्य रहेका छन् । प्रदेश सभामा रहेका राप्रपाका सदस्यहरू मतदानमा सहभागी भएनन् । कोशी प्रदेशमा राप्रपाका ६ जना प्रदेश सभा सदस्य रहेका थिए ।
ती मध्ये संसदीय दलका नेता समेत रहेका भक्ति सिटौला राजीनामा दिएर प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् । उनी बाहेक ५ जना प्रदेश सभा सदस्य मत हाल्न नआएको पूर्व संसदीय दलका नेता भक्ति सिटौलाले बताए ।
५ जना मध्ये एक जना सभामुख छन् । सभामुखले भने मत हालेका छन् । यस्तै राप्रपाबाट विजयी भएका राप्रपाका एक जना पालिका अध्यक्ष र २ जना उपाध्यक्षले समेत मतदान गरेनन् ।
कोशीमा १३७ वटा पालिका रहेको छ । १३७ वटा पालिकाका २७४ जना मध्ये ६ जना राजीनामा दिएर प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेका छन् । एक जना भने भ्रष्ट्राचार मुद्दामा निलम्बन परेका छन् ।

















