सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को तर्फबाट सुनसरी क्षेत्र नम्बर–१ मा कोशी प्रदेशकी कार्यवाहक अध्यक्ष गोमा तामाङ (सरिन) ले दोस्रो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेकी छन ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा तामाङ सोही क्षेत्रबाट उम्मेदवार बनेकी थिइन। उक्त निर्वाचनमा उनले १६ हजार ६ सय ६ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेकी थिइन् ।
उनी एमाले–जसपा नेपाल गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका अशोककुमार राईसँग ४ सय ५३ मतको अन्तरले पराजित भएकी थिइन् । राई १७ हजार ५९ मत प्राप्त गरी विजयी भएका थिए ।
सुनसरी १ मा श्रम संस्कृती पार्टी अध्यक्ष हर्क साम्पाङ, नेपाली कांग्रेसको तर्फबाट सुजेन्द्र तामांग, एमालेबाट टिका माङलेन र नेपाली कम्युनिष्ट पार्टीबाट सुर्यबहादुर भट्टराई मनोजले उमेद्धवारी दर्ता गरेका छन ।
















