विराटनगर । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी  का वरिष्ठ नेता बालेन शाहले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

मंगलबार दमक नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ताका क्रममा शाहका समर्थक भेषराज भट्टराई समर्थक तथा भूमिनन्द बराल प्रस्तावक रहेका छन्। बालेन समर्थक र बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।