विराटनगर । सुनसरीमा एमालेले फरी उम्मेदवार हेर फरे गरेको छ । एमालेले सुनसरी ४ बाट आब्बुल अन्सारीलाई टिकट दिएको छ । उनी काङ्ग्रेसबाट एमालेमा प्रवेश गरेका हुन । यस अघि उनी सोही क्षेत्रबाट काङ्ग्रेसबाट उम्मेदवार हुन चाहन्थे ।
काँग्रेसबाट टिकट नपाउने भएपछि उनी एमालेमा प्रवेश गरेका हुन् । सो क्षेत्रबाट एमालेले जगदीश कुसियैतलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । क्षेत्र र जिल्लाबाट कुसियैतको एकल नाम सिफारिस भएको थियो ।
एकल नाम सिफारिस हुँदा पनि अब्बुललाई उम्मेदवार बनाइएको भन्दै एमाले ४ मा भाँड भैलो भएको छ । एमाले सुनसरीका इन्चार्ज समेत रहेका कुसियैतले आफू कुनै पनि हालतमा ब्याक नहुने बताएका छन् ।
कुसियैतलाई सुनसरी २ बाट उम्मेदवार बनाउने तयारी भएको छ । उनले सुनसरी २ बाट उम्मेदवार नहुने बताएका छन् । हिजो साँझ सुनसरी २ बाट रेवतीरमण भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको थियो ।















