सुनसरी । सुनसरी जिल्लाका चारवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा गरी कुल ५ लाख ८० हजार ९४५ जना मतदाता रहेका छन्।
निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार पुरुष मतदाता २ लाख ९४ हजार ४५२, महिला मतदाता २ लाख ८६ हजार ४९१ र तेस्रो लिङ्गी मतदाता २ जना रहेका छन्।
विवरणअनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा कुल १ लाख ५० हजार ३२३ मतदाता रहेका छन्।
यस क्षेत्रमा पुरुष ७२ हजार ८५०, महिला ७८ हजार २९२ र तेस्रो लिङ्गी १ जना मतदाता छन्।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा कुल १ लाख ५६ हजार ९९० मतदाता छन्। यहाँ पुरुष मतदाता ७९ हजार ३३९, महिला ७७ हजार ६५० र तेस्रो लिङ्गी १ जना रहेका छन्।
त्यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ मा कुल १ लाख ३४ हजार ३०२ मतदाता छन्।
यस क्षेत्रमा पुरुष ६९ हजार ०९२ र महिला ६५ हजार २१० रहेका छन् भने तेस्रो लिङ्गी मतदाता छैनन्।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ४ मा कुल १ लाख ३९ हजार ३३० मतदाता रहेका छन्। यहाँ पुरुष ७३ हजार ०२९ र महिला ६६ हजार ३०१ मतदाता छन्।
निर्वाचन आयोगका अनुसार मतदाता नामावली अद्यावधिकसँगै यो तथ्यांक सार्वजनिक गरिएको हो।
आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षालगायत तयारीका कार्यक्रमहरू पनि अघि बढाइने जनाइएको छ।

















