सुनसरी । तेस्रो संस्करणको कोशी प्राइड लिग- केपीएल क्रिकेट प्रतियोगिता फागुनको ९ गतेबाट २१ गतेसम्म सुनसरीमा आयोजना हुने भएको छ।
आयोजक केपीएल प्रालिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो।
प्रतियोगितामा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्नास र गोर्खा एभेन्जर्सको सहभागिता रहने छन् ।
आइतबारनै प्रतियोगिताको लागो पनि सार्वजनिक गरिएको थियो। पत्रकार सम्मेलनमा टिमका मालिकहरू पनि सार्वजनिक गरिएको थियो।
नमुना ब्लास्टर्सको मालिक धर्म न्यौपाने, इटहरी आदर्श जायन्ट्सको मालिकमा कल्पित ढकाल, बिर्तामोड हिट्सको मालिकमा अनुराग प्रमानिक, पूर्वेली सुपर किंग्सको मालिक भरत कार्की, एभरेस्ट थन्डर्सको मालिक आकाश खड्का, बीएन कोशी अर्नासको मालिक मोहम्मद सेराज अन्सारी तथा गोर्खा एभेन्जर्सको मालिक विजय खड्का र पुजनबाबु भट्टराई रहेका छन्।
प्रतियोगिताको लागि हरेक टिममा कम्तिमा ११-११ खेलाडी रहने छन्।
सहभागी खेलाडीमध्ये एक मार्की, एक आइकोनिक, तीनजना राष्ट्रिय टिमका खेलाडी रहनेछन् भने।
टिममा क्याटगोरी 'ए'का तीन, क्याटगोरी 'बी' का दुई तथा क्याटगोरी 'सी'को एक खेलाडी रहने छन्।
प्रतियोगिताको अक्सन मिति भने घोषणा भएको छैन्।
'ए' श्रेणीको खेलाडीको मूल्य ४५ देखि ५६ हजार रहनेछ भने 'बी' श्रेणीका खेलाडीले २५ देखि ४६ हजार आम्दानी गर्नेछन्।
'सी'का खेलाडीले पाँच देखि २५ हजार पाउनेछन्।
आयोजकले यो प्रतियोगिताबाट ग्रासरूटमा खेलाडी उत्पादन बढ्ने आशा राखेको छ।
लिगमा सहभागी क्लबले १० देखि २० लाखसम्म खर्च गर्न सक्नेछन्।
अहिले सार्वजनिक गरिएको प्रतियोगिताको फाइनलको दिन नेपालमा चुनाव घोषणा भएको छ।
त्यसैले चुनावलाई मध्यनजर गरेर अन्तिम खेलका मितिमा परिवर्तन हुनसक्ने आयोजकको भनाइ छ।

















