इटहरी । गायिका भूमा अधिकारीको गीत ‘तिमी बोल्दा’ को म्युजिक भिडियो बजारमा आएको छ । इटहरीको कोशी कलेजको सभाहलमा एक समारोहको आयोजना गर्दै गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । 

 म्यूजिक भिडियोलाई पूर्वाञ्चल म्युजिकको युटयुब च्यानलबाट सार्वजनिक गरिएको छ । 

सार्वजनिक गरिएको गीतलाई ‘फेसबुक सङ’  को संज्ञा दिइएको छ । प्रविधि,सामाजिक सञ्जालले ल्याएको परिवर्तन र मानिसको व्यवहारलाई गीत मार्फत व्यक्त गरिएको छ । मोहन तिम्सिनाको शब्द तथा संगीत रहेको गीतलाई गायिका भूमा अधिकारीले गाएकी हुन । 

गीतको म्यूजिक भिडियो इटहरी मेट्रिक्समा खिचिएको छ । म्यूजिक भिडियोलाई केशव जीले खिचेका हुन भने नेप्ली मिडियाको सम्पादन रहेको छ । भिडियोमा गायिका अधिकारी आफैले मोडलिङ गरेकी छिन् ।  

Bhuma Adhikari 1