​इटहरी । हर्ष बढाई गर्दै इटहरीको सार्वजनिक दुर्गा पूजा स्थलमा फूलपाती भित्राइएको छ । विगत ३० बर्ष देखी निरन्तर रुपमा इटहरीमा सार्वजनिक दुर्गा पूजा हुँदै आएको छ । नवरात्री अन्र्तगत आज सप्तमीमा धार्मिक विधि पूर्वक फूलपाती भित्राइएको हो । 

बाजागाज र्याली सहित हर्ष बडाइ गर्दै नगर परिक्रमा पछि पूजा स्थलमा फूलपाती भित्र्याइएको हो ।  

​ इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता चौधरीले दुर्गा पूजा स्थलमा स्थापना गरिएको दुर्गा भगवतीको मूर्तिको अनावरण गरेकी छिन् । सो अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा राष्ट्रिय सेवा दल (एनसीसी) का प्रशिक्षार्थी विद्यार्थीहरूले सम्मानमा विशेष सलामी अर्पण गरेको थियो । 

durga puja 3


​फूलपाती भित्राउन तथा पूजाको शुभारम्भको अवसरमा  श्रद्धालु भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो । सार्वजनिक पूजा स्थलमा पूजा गर्न इटहरीका विभिन्न ठाउँबाट मानिसहरुले पूजापाठ गरेका छन् । 

durga mata

durga puja 2

durga puja 4