सुनसरी । सशस्त्र प्रहरी बल सुनसरीको टोलीले स्कारपियो गाडीमा लोड गरिएको १ सय ५३ किलो गाँजा पक्राउ गरेको छ ।
ईनरुवा ७ चाँदबेलामा ५/६ वटा मोटरसाइकलले स्कटिङ्ग गरी ल्याउँदै गरेको स्कारपियोलाई चेकजाँच गर्दा १ सय ५३ किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो ।
बा १५ च २१७३ नम्बरको उक्त स्कारपियोको पछाडी पट्टी डालाको भागमा ६ वटा कालो प्लास्टिकको पोकामा लागुऔषध गाँजा फेला परेको थापाले बताउनुभयो ।
स्कारपियोमा चालक चाँदबेला बस्ने आदित्य चौधरी सहित गाँजा र स्कारपियो आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको थापाले बताए ।

















