सुनसरी । नेकपा एमालेका नेता महेश बस्नेतलाई विराटनगर फर्काउँन रुट परिवर्तन गरिएको छ । सुरक्षाको कारण नेता बस्नेतलाई रुट परिवर्तन गराउँदै विराटनगर विमानस्थल पुर्याइएको हो ।
इटहरीमा राष्टिय युवा संघ नेपाल कोसी प्रदेश कमिटीको कार्यक्रममा सहभागी भएर काठमाण्डौँ फर्काउने क्रममा उनलाई विराटनगर विमानस्थल फर्काउँदा इटहरी दुहबीको बाटो नभएर विराटचौकको बाटोबाट विमानस्थल पुर्याइएको हो ।
आज विहान विमानस्थलबाट बाहिर निस्कने क्रममा नेता बस्नेत सवार गाडीमा रातो रंग प्रहार भएको थियो । यस्तै सुनसरीको दुहबीमा पनि टायर बालेर अवरोध गर्ने प्रयास भएको थियो । त्यसैले सुरक्षाको कारण उनलाई अर्कै बाटोबाट विमानस्थल सम्म पुर्याइएको हो ।
फर्कदा रुट परिवर्तन गरिएको सुरक्षा निकायले स्वीकार गरेको छ ।
विराटनगर विमानस्थलमा पनि सुरक्षा व्यवस्था कडा बनाइएको छ । सवारी साधनहरुलाई कडा चेकजाँच गरिएको छ ।

















