मोरङ। नेकपा (एमाले) मोरङ–५(ख) क्षेत्रीय कमिटीको प्रथम पूर्ण बैठक  विष्णुमाया पुस्तकालयमा सम्पन्न भएको छ।

बैठकको अध्यक्षता पार्टी जिल्ला कमिटी सदस्य तथा प्रदेश सभा क्षेत्र समन्वय कमिटी मोरङ–५(ख) संयोजक दीपक कुमार कर्णले गरेका थिए। बैठकमा केन्द्रीय कमिटी सदस्य तथा मोरङ क्षेत्र नं. ५ इन्चार्ज कमरेड रामलाल साह प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा पार्टी जिल्ला कमिटी अध्यक्ष अजम्बर राई, उपाध्यक्ष सागर थापा, प्रदेश कमिटी सदस्य तीर्थराज घिमिरे र विराटनगर महानगर कमिटी सचिव विज्ञान चापागाईं लगायतका नेताहरूले आ–आफ्ना धारणा राखेका थिए।

बैठकमा वडा कमिटीका जिम्मेवार नेताहरू, जनप्रतिनिधि तथा विभिन्न जनसंगठनका अगुवा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकले पार्टी केन्द्रीय, प्रदेश, जिल्ला र पालिका कमिटीबाट जारी सर्कुलर अनुसार मिति २०८२ कार्तिक २९ गते आयोजना हुने मोटरसाइकल र्‍यालीलाई भव्य रूपमा सफल पार्ने निर्णय गरेको छ।