सुनसरी । जेनजीहरुको प्रदर्शनकोक्रममा आगजनी गरेर ध्वस्त बनाइएको सुनसरी स्थित इलाका प्रहरी कार्यालय पकली पुनर्निर्माण गरी स्थानीयले प्रहरीलाई भित्राएका छन् । ठुलो संख्यामा भेला भएका स्थानीयले प्रहरीलाई फुल माला र अबिर सहित स्वागत गरेका छन् ।
आन्दोलन हिंसात्मक भई प्रदर्शनकारीको निसानामा परेर ध्वस्त बनाइएका उक्त प्रहरी कार्यालय स्थानीयको श्रमदान र आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको हो । प्रदर्शनका क्रममा सुनसरीको बजार क्षेत्रका केही प्रहरी युनिट तोडफोड र आगजनी गरी ध्वस्त पारी कार्यरत प्रहरीको केही हतियार र पोसाक जलाइएपछि प्रहरी नियमित अवस्थामा फर्किन सकेको छैन ।
WhatsApp Image 2025-09-21 at 16.40.30
यस्तो अवस्थामा प्रहरीको मनोबल बढाउन र समाजका शान्ति सुव्यवस्था कायम राख्नको लागि एक हप्ताभित्र काम सकेर चौकी पुनर्स्थापना गरिएको स्थानीयले जानकारी दिए ।
प्रहरीको अभावमा बितेको दुई हप्ता भयरहित तवरले निदाउन नसकेको स्थानीयले पिडा सुनाएका स्थानीयले प्रहरीलाई प्रहरी स्वागत गर्दै अब आइन्दा चौकी आगजनी गर्न आउने जोकोहीमाथि प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
jjjj
गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा सुनसरीमा तीन वटा प्रादेशिक कार्यालय सहित दुई दर्जन सरकारी कार्यालयमा आगजनी भएको थियो । त्यत्तिकै संख्यामा स्थानीयको घरमा आगजनी भएको थियो ।
प्रहरीका ७३ प्रहरी कार्यालय विस्थापित भएका छन् । तीमध्ये १० वटा प्रहरी कार्यालयमा आगजनी गरी ठुलो क्षति पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।