सुनसरी । जेनजी आन्दोलनकाक्रममा क्षतिग्रस्त सरकारी कार्यलयहरुमा प्रहरीले मुचुल्का तयार नगरीकन नागरिक तहबाट भएको सरसफाईको आलोचना भएपछि इटहरीमा विवाद भएको छ ।
 कोसी प्रदेश टाफिक प्रहरी कार्यालय इटहरी सरसफाई तथा रंगरोगन गर्ने भन्दै बिहान ११ बजे देखी इटहरीका केही स्थानीय तथा सङ्घसंस्थाका प्रतिनिधिले काम सुरु गरेका थिए । 
तर प्रहरीले कार्यालयमा भएको क्षति तथा घटनाको मुचुल्का तयार नगरी घटनास्थलमा प्रवेश गर्न नहुने र प्रमाण नष्ट हुने बताएपछि सरसफाई कार्यक्रम विवादित बनेको छ । 
अहिले अधिकांश सहभागीहरू प्रहरीबाट यस्तो भनाई आएपछि सरसफाइबाट पछि हटेका छन् ।
 उक्त सरसफाइको नेतृत्व स्थानीय समीर कार्कीले गरेका थिए ।
                 
                     
                            
                                                             
        





 
        










