सुनसरी । कर्फ्यूको अवज्ञा गर्दै इटहरीमा प्रर्दशन सुरु भएको छ । जिल्ला प्रशासनले इटहरी क्षेत्रमा प्रर्दशन गर्न, भेला हुन र सभा गर्न नपाउने गरी अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ ।

तर त्यसलाई अवज्ञा गर्दै ठुलो संख्यामा प्रर्दशनकारीहरु सडकमा आएका छन् । 

प्रर्दशनकारीहरुले हिजो जेन जीको आन्दोलनमा गोली हान्न आदेश दिनेलाई कारबाहीको माग गरेका छन् । प्रर्दशनकारीहरुले गोली हान्ने आदेश कस्ले दियो भन्दै नाराबाजी गरेका छन् ।

उनीहरुले गोली हान्न आदेश दिने लाई कारबाही हुनुपर्ने माग राखेका छन् । 

ठुलो संख्यामा भेला भएका प्रर्दशनकारीहरुले यतिबेला इटहरीका विभिन्न गल्लीहरुमा भएर नाराबाजी गरिरहेका छन् । 

ठुलो संख्यामा प्रर्दशनकारी भेला भएको अवस्थामा प्रहरी पनि ठुलो संख्यामा परिचालन भएको छ । तर आज भने प्रहरीले कुनै एक्सन लिएको छैन । 

हिजो भएको प्रर्दशनमा इटहरीमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको थियो ।