विराटनगर । महिलामुखी विशेष कार्यक्रममा आयोजित १ मिनेटमै १६ सुते बत्ती काट्ने प्रतियोगिता सहितको विभिन्न कार्यक्रमको आयोजना गरी तिज कार्यक्रम आयोजना गरिएको छ । बत्ती काट्ने प्रतियोगितामा ११ जना महिलाले सहभागिता जनाएका थिए । जसमा सबिता विष्ट प्रथम भइन् ।
५० जना महिलाको उपस्थितिमा सम्पन्न कार्यक्रममा संयोजकको भूमिका दिलसा पोखरेलले निर्वाह गरेकी थिइन्। सुशीला पाठक, स्वस्तिका पोखरेल र ट्रेड युनियन प्रदेश अध्यक्ष सुधा कार्की लगायतको सहभागिता रहेको थियो। उनीहरूले तिज कार्यक्रमलाई पनि सीपसँग जोडेर प्रतिस्पर्धात्मक रूपमा गर्न सकिने सन्देश यो कार्यक्रमले दिएको बताए ।
रुसा उपाध्यायको स्वागत मन्तव्य पनि सुरु भएको कार्यक्रमको उद्देश्यको बारेमा गाेमा खनाल स्पष्ट पारेकी थिइन् । अतिथि पाठकले शुभकामना मन्तव्य दिँदै यस्ता कार्यक्रमले महिलाको आत्मविश्वास र सीप विकासमा टेवा पुर्याउने बताइन्।
प्रतियोगितासँगै ज्ञानवर्धक खेल सहितको आयोजना गरिएको थियो । स्वस्तिका पोखरेलद्वारा मानसिक स्वास्थ्यसम्बन्धी प्रशिक्षण साथै आफूले आफैँलाई स्वस्थ राख्न अपनाउनु पर्ने आनीबानीको बारेमा जानकारी गराएकी थिइन् । साथै कार्यक्रममा लोक भाकाका गीत र नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रम संयोजक पोखरेलले सबै सहभागीलाई मायाको चिनो वितरण गर्दै समाजलाई सकारात्मक कामहरू मार्फत पनि तिजका कार्यक्रम गर्न सकिन्छ भन्ने सन्देश दिन सफल भएको बताइन् ।