विराटनगर । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको कार्यक्रममा नजान पार्टी पंक्तिलाई निर्देशन दिएको छ । हिजोदेखि मोरङमा रहेर पार्टीका कार्यकर्ता भेटिरहेकी भण्डारीको कार्यक्रममा नजान एमालेको विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले उर्दी जारी गरेका हुन् ।
उनले भनेका छन्, ‘केही सामाजिक सञ्जाल, फोन र मेसेजमार्फत आज भदौ ३ गते ९मंगलबार० दिउँसो १२ बजे नेकपा ९एमाले० जिल्ला कार्यालयमा पार्टी कार्यकर्ता भेलाको कार्यक्रम रहेको भनी प्रचार गरिएको पाइएको छ ।’
नेकपा ९एमाले० को केन्द्रीय, प्रदेश वा जिल्ला तहबाट त्यस प्रकारको कुनै पनि कार्यक्रम निर्धारण नगरिएको उनले सर्कुलरमा उल्लेख गरेका छन् ।
बस्नेतले थपेका छन्, ‘जिल्ला कार्यालय वा विराटनगर महानगरपालिकाभित्र पार्टीको कुनै पनि औपचारिक कार्यक्रम तय गरिएको छैन । तसर्थ, सो झूटो प्रचारप्रसारप्रति नझुक्किनुहुन सम्पूर्ण नेता, कार्यकर्ता तथा पार्टीप्रेमी जनसमुदायमा हार्दिक अनुरोध गर्दछु ।’
हिजो भण्डारी विराटनगर उत्रिँदा पनि यसअघि भण्डारीको स्वागतमा देखिने नेताहरू गएनन् । यसअघि पूर्वमुख्यमन्त्री एवं कोशीका इञ्चार्ज शेरधन राईदेखि, मुख्मन्त्री हिक्मतकुमार कार्की साथै मन्त्रीहरू विमानस्थल जाने गरेका थिए ।
हिजो भण्डारीको स्वागतमा प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राई र एमाले प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी पुगेका थिए ।
भण्डारी आजै काठमाडौं फर्किँदैछिन् ।