सुनसरी–पूर्वपश्चिम राजमार्ग स्थित सुनसरीको भोक्राहनरसिंह गाउँपालिकाको फुल चौकमा भएको सवारी दुर्घटनामा १३ जना यात्रु घाइते भएका छन् । आज बिहान ८ बजे भएको दुर्घटनामा घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छन् ।
बस र माइक्रो एक आपसमा ठक्कर खाँदा माइक्रोमा सवार अधिकांश यात्रु घाइते भएका छन् ।
प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विराटनगर– राजविराज रुटको माइक्रो बस र मे १ ख १७९९ नम्बरको काँकडभिट्टा दिक्तेल चल्ने बस ठक्कर माइक्रोमा अधिकांश यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते यात्रुको उद्धार गरी जिल्ला अस्पताल इनरुवा सप्तकोसी न्युरो अस्पताल पठाइएको छ ।
घटनाको विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।