विराटनगर । झापामा चाँदीका गरगहना सहित दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ । झापा गाउँपालिका–३ मा चाँदीका गरगहना चोरी घटनामा संलग्न दुई किशोरलाई प्रहरीले पक्राउ गरेको हो । गत साउन १४ गते दिउँसो करिब १ बजे लरेश मुर्मुको घरबाट विभिन्न प्रकारका चाँदीका गहना चोरी भएको सूचनाका आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको टोलीले अनुसन्धान गर्ने क्रममा दुई किशोर पक्राउ परेको प्रहरीले जनाएको छ। अनुसन्धानको क्रममा झापा गाउँपालिका–३ का १९ वर्षीय निर्मल बराईली र सोही स्थानका १९ वर्षीय दिपेश रसाईलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पक्राउ परेका बराईलीको घरबाट चोरी गरिएका चाँदीका चुरा (बाला) १ जोर, चाँदीको कल्ली १ जोर, चाँदीको बिच्छी (सिक्री) १ थान, पाउजु १ थान, चाँदीको सिक्री १ थान, र चाँदीका औंठी ३ थान बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद सामग्रीसहित दुवै जनालाई झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी प्रहरीले जनाएको छ।

















