सुनसरी । प्रवेश परीक्षमा सामेल नै नभएका विद्यार्थीहरुलाई भर्ना गरेको भन्दै त्रिभुवन विश्वविद्यालयले फुड टेक्नोलोजी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने ४ वटा क्याम्पसलाई कारबाही गरेको छ ।  

कारबाही गर्दै त्रिविले नयाँ शैक्षिक बर्ष २०८२।०८३ मा यी क्याम्पसलाई विद्यार्थी भर्ना गर्न नदिने निर्णय गरेको  हो । 

यसरी कारबाहीमा परेका ४ क्याम्पस मध्ये ३ क्याम्पस कोशी प्रदेशका छन् भने एक नवलपरासीको रहेको छ । 

त्रि. वि. को सम्बन्धन प्राप्त गरी नीजी स्तरमा सञ्चालन गरिरहेका विराट मल्टिपल कलेज विराटनगर, धरान बहुमुखी क्याम्पस धरान, निलगिरी कलेज सुनसरी र नागरिक कलेज नवलपरासीलाई नयाँ विद्यार्थी भर्ना गर्न नदिने निर्णय गरेको हो  । 

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान विद्यापरिषद् स्थायी समितिको साउन ६ गते बसेको बैठकले यी क्याम्पसहरुलाई नयाँ विद्यार्थी भर्ना गर्न नदिने निर्णय गरेको छ । 

एक सार्वजनिक सूचना जारी गर्दै विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले निर्णय बारे जानकारी गराएको हो । 

त्रि.वि. विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्र्तगत फुड टेक्नोलोजी शैक्षिक कार्यक्रम अन्र्तगत शैक्षिक बर्ष २०८१। ०८२मा त्रि.वि को नियम विपरित आफुखुशी अध्ययन संस्थानले सञ्चालन गरेको प्रवेश परिक्षमा सामेल नै नभएका विद्यार्थीहरुलाई भर्ना गरी नियम अवज्ञा गरेको ठहर बैठकले गरेको छ । 

Tu college