सोलुखुम्बु। थुलुङ दुधकोशी गाउँपालिका–२ मा एक जना घाइते व्यक्तिको घरबाटै उद्धार गरिएको छ। स्थानीय कुमारी नेपालीलाई वडा अध्यक्ष युजन बस्नेतले उद्दार गरि अस्पताल पुर्याएका हुन् । उनका अनुसार, घरमै राखेका ती व्यक्तिको खुट्टा भाँचिएको अवस्थामा केही दिनसम्म उपचार नपाई बसेको स्थानीयले जानकारी गराएपछि वडा अध्यक्ष माेटरसाईकल लिएर उद्दारका लागि पुगेका थिए ।
लङखु खोलाबाट एम्बुलेन्स नपुग्ने भएपछि स्वयम् वडा अध्यक्षले प्रयास गरी घाइतेलाई अस्पतालसम्म पुर्याइएको हुन्। अस्थायी सडक खाेलाले बगाएपछि अवतजावतमा समस्या छ ।
खाेलामा बाढीले सबै सडक हिलाे तथा एम्बुलेन्स समेत पुग्न नसक्ने अबस्थामा बिरामी थलिएकाे जानकारी पाएपछि आफू माेटरसाईकल लिएर लिन पुगेकाे उनले बताए । `त्यो खोलाको बाटोमा हिलो थियो, एम्बुलेन्स आउन सक्दैनथ्यो, मैले आफैं उद्धार गरेर सरकारी अस्पताल पुर्याएँ,´ बस्नेतले भने ।
घाइते व्यक्तिलाई थुलुङ दुधकोशी गाउँपालिकामा रहेको सरकारी अस्पतालसम्म पुर्याइएको छ । उपचार नै नपाएर अपाङ्ग हुनु पर्ने अबस्थामा रहेका महिलाको अस्पतालसम्म पुर्याउनु जनप्रतिनिधिको दायित्व हुने भएकोले आफुले नागरिकको दिनरात सेवा गर्ने गरेकाे बताए । गाउँपालिकाले बनाएको अस्पतालमा दुई जना एमडी डाक्टर कार्यरत छन्। थुलुङ दुधकाेशी गाउँपालिका वडा नम्बर २ का उनी २९ बर्षीय युवा जनप्रतिनिधि हुन् । स्थानीयका अनुसार वडाका जुनसुकै ठाउँमा पनि समस्या पर्दा एम्बुलेन्स जस्तै उनी पुगिहाल्ने गर्छन् ।