सुनसरी ।  सप्तकोशी नदीमा आज एक बालक बेपत्ता भएका छन्। सुनसरीको बराहक्षेत्र नगरपालिका ९, राजाबासस्थित  सप्तकोशी नदीमा नुहाउने क्रममा बालक बेपत्ता भएका हुन । 

भोक्रहा नरसिंह गाउँपालिका १ का रामविलास मेहताका ११ वर्षीय छोरा दीपेश नदीमा बेपत्ता भएको सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले बताए।


तीन जना सँगै नुहाउन गएकामा दुई जना सकुशल बाहिर आएको र दीपेश बेपत्ता भएको उनले बताए। बेपत्ता दिपेशको नेपाल र सशस्त्र प्रहरीले खोजी गरिरहेको उनले बताए।