सुनसरी । आज साउन महिनाको पहिलो सोमबार शिवालयहरुमा विहानै देखी श्रद्धालुको घुइँचो लागेको छ । धरानका पिण्डेश्वर,खोटागंको हलेसी, झापाको अर्जुनधारा सहित इटहरीको राधाकृष्ण शिवमन्दिर, कचना मन्दिर लगायतका शिवालयहरुमा विहानै देखी भक्तजनहरुको ठुलो भिड लागेको छ ।
हिन्दुधर्मावलम्बीहरुले साउन महिनाको हरेक सोमबारलाई भगवान शिवको प्रिय बार मानेर व्रत बस्ने र शिवको पूजाआराधना गर्ने गर्दछन् ।
यस वर्षको साउन महिनामा चारवटा सोमबार परेका छन् । प्रत्येक सोमबार व्रतालुहरु बिहानै नुहाएर शिवलिङ्गमा जल र दूध चढाउँछन् ।
विशेष गरी साउनको महिनामा नजिकैको नदि, खोला तथा जलासयबाट पानी ल्याएर शिवलिङ्गमा जल चढाउने परम्परा रहेको छ । बेलपत्र, धतुरो, विभिन्न फूल, फल प्रसाद चढाएर पूजा गर्ने गर्दछन् ।
भगवान शिवको पूजा गरेमा अटल सौभाग्य प्राप्त हुने, मनोकांक्षा पूरा हुने, पारिवारिक सुख, शान्ति एवं समृद्धि मिल्ने धार्मिक विश्वास रहेको छ ।