सुनसरी । मोरङको केराबारी र सुनसरीको धरान स्थित सिमानामा पर्ने बुढी खोलामा मुक्ति घाट बन्ने भएको छ ।

धरान उपमहानगरपालिका र केराबारी गाउँपालिकाका स्थानीय जनताको लागि सजिलो होस भनेर सुनसरी र मोरङको सिमाना छुट्टाउने बुढी खोलामा मुक्ति घाट बन्ने भएको हो ।

उक्त स्थानमा मुक्ति घाट निर्माण सहयोगार्थ महायज्ञको आयोजना गर्ने तयारी गरिएको छ ।

आयोजक शिव बाबा भक्त समाज नेपालले शनिवार घाट निर्माण स्थलमा पत्रकार सम्मेलन गर्दै आगामी माघ १९ देखी फागुन १९ गतेसम्म पितृ उद्धार अश्वमेध महायज्ञ कोटी होम हुने जनाएको हो ।