इटहरी । पाँचथरमा हेंवा खोलामा आएको बाढीका कारण मेची राजमार्ग अवरुद्ध भएको छ । लगातार परेको पानी पछि आएको बाढीका कारण पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को संगमस्थलस्थित हेंवा खोलामा बनाईको डाभइर्सन भन्दा माथिबाट खोला कुदेको छ ।

डाइभर्सन माथिबाटै पानी बगेपछि मंगलबार साँझबाट मेची राजमार्ग अवरुद्ध भएको हो । खोलाको बाढी ‘डाइभर्सन’ माथिबाट बगेपछि राजमार्गमा सवारी आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ ।

पाँचथर प्रहरीका अनुसार खोलाको बाढी नघटेका कारण दुवैतर्फ सवारी आवागमन प्रभावित बनेको छ । खोला वारपार गर्न सक्ने अवस्था नभएपछि दुवैतर्फ सवारीसाधन रोकिएको प्रहरीको भनाइ छ ।