विराटनगर । कोशी प्रदेश प्रदेश सरकारको मुख्य प्रशासनिक भौतिक संरचना यसै वर्षबाट बनाउन सुरु गर्ने भएको छ ।

 कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले प्रदेश सरकारको प्रमुख प्रशाुसनीक भौतिक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको बताए । 

उनले प्रदेशको मुख्य प्रशासनिक भवन कहाँ बनाउने भन्ने चाहिँ खुलाएनन् ।

 प्रदेशको राजधानी विराटनगरलाई तोक्दा बृहत् विराट क्षेत्र भित्र पर्ने सुन्दरहरैचा, इटहरी र विराटनगरमा कार्यपालिका न्यायपालिका र व्यवस्थापिका रहने सहमति भएको थियो । सोही अनुसार अहिले सम्म प्रदेशको प्रशासनिक भवन कहाँ बनाउने भनेर निर्णय भएको छैन । 

जग्गा खोजीका लागि समिति बने पनि समितिले समेत जग्गा उपलब्ध गराउन नसक्दा प्रदेश सरकारको मुख्य प्रशासनिक भवन बन्न सकेको छैन । 

 प्रदेश सभामा आज बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले बृहत् विराट क्षेत्रको अवधारणालाई कार्यान्वयनका लागि तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए ।