कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेट कोसी प्रदेश सभामा पेस गरेको छ।

कोसी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान प्रस्तुत गरेका हुन्।


ऊर्जा, स्वदेशी लगानी, प्रदेशको कुल गृहस्थ उत्पादनमा योगदान पुग्ने गरी बजेट ल्याइएको बजेटमा ४ प्रतिशत आर्थिक वृद्धिदर रहेको जानकारी लक्ष्य लिएको छ। 


कोसी प्रदेशको समग्र पुँजी ९ खर्ब ७० अर्ब ७४ करोड रहेको अनुमान छ। कुल गृहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३४।०४प्रतिशत, सेवा क्षेत्रमा ४९।९ प्रतिशत, उद्योग क्षेत्रमा १६।०५ प्रतिशत रहेको जानकारी दिए।

कुल गृहस्थ उत्पादनमा प्रतिव्यक्ति आय १४०१ अमेरिकी डलर  रहेको  उल्लेख गरे। 


प्रगति विवरण सार्वजनिक गर्दै उनले ६१२।२४ किलोमिटर सडक सरकार स्थापना भएपछि कालोपत्रे भएको उल्लेख गरे।


जनता आवास कार्यक्रम अन्तरगत ८६६९ लाभग्राही छनौट भएका मध्ये ७२८४ लाभग्राहीको आवास निर्माण भएको बताए।