सुनसरी । सरकारले कोशी टप्पु देखि सगरमाथा सम्म पदमार्गको विकास गर्ने भएको छ । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेटले कोशीटप्पुदेखि सगरमाथा पदमार्ग निर्माण गर्ने उल्लेख गरेको छ ।
सरकारले कोशी प्रदेशमा पर्यटन प्रवद्र्धन तथा विकासको लागि कोशीटप्पु देखि सगरमाथासम्मको पदमार्ग निर्माण गरी सञ्चालनमा ल्याइने गरि बजेट निनियोजन गरेको हो । यस्तै सरकारले केचना–पाथीभरा पदमार्ग सञ्चालन भएको छ ।
बजेट नीति तथा कार्यक्रममा कोशीमा ¥याफ्टिङ लगायतको पर्यटन पूर्वाधारलाई प्राथमिकतामा राखिने बजेटमा उल्लेख गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट निती तथा कार्यक्रम सार्वजनिक गर्दै झापाको भद्रापुरमा रहेको विमानस्थलको क्षमता विकास तथा विस्तार गरिने उल्लेख गरिएको छ ।
यस्तै उदयपुरमा बनाइने भनिएको सगरमाथा विमानस्थलको विस्तृत अध्ययन प्रतिवेदन तयार पारिने बताए ।