विराटनगर । प्रिन्सिपल एसोसिएसन अफ नेपालले यो वर्षको उत्कृष्ट प्रधानाध्यापक पुरस्कार विराटनगरका सन्तोष पोखरेललाई प्रदान गर्ने भएको छ ।   विराटनगरमा रहेको आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक पोखरेलले विद्यालय शिक्षा क्षेत्रमा अद्वितीय नेतृत्व, दृढ प्रतिबद्धता र नवीन पहलकदमी प्रति पुरस्कृत गर्न लागिएको एसोसिएसनले जनाएको छ । एसोसिएसनले प्रत्येक वर्ष प्रदान गर्ने वर्षको उत्कृष्ट प्रधानाध्यापक पुरस्कार अन्तर्गत यस वर्ष  पोखरेललाई प्रदान गर्ने निर्णय भएको एसोसिएसनका अध्यक्ष सुदामप्रसाद गौतमले जानकारी दिए । प्रा. डा. विद्यानाथ कोइरालाको नेतृत्वमा गठित मूल्याङ्कन समितिले २५ वटा शैक्षिक मापदण्डका आधारमा गरेको निष्पक्ष मूल्याङ्कनपछि पोखरेललाई कोसी प्रदेशका उत्कृष्ट प्रधानाध्यापकको रूपमा छनोट गरेको हो । उक्त पुरस्कार प्रिन्सिपल एसोसिएसन अफ नेपालको दोस्रो राष्ट्रिय सम्मेलन २०८२ का अवसरमा जेठ २३ गते प्रदान गरिने जनाइएको छ। 
सम्मेलनमा देशभरका शिक्षाविद्, नीति निर्माता, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी लगायत एक हजार बढी सहभागी हुने भनिएको छ । 
1341dcf6-3d77-40e3-bf4d-0b4f6e99fafc