विराटनगर । झापा प्रहरीले नगद सहित हराएको पर्स फेला पारी सम्बन्धित धनीलाई बुझाइएको छ ।  सोमबार झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १० बस्ने वर्ष ३१ की बबिना मगरको  नगद रहेको पर्स चन्द्रगढी विमानस्थल जाने क्रममा हराएको थियो । १९ हजार  नगद रहेको पर्स हराएको बारेमा  जिल्ला प्रहरी कार्यालय झापामा जानकारी गराएकोमा प्रहरीले उनको हराएको पर्स खोजी कार्यलाई तीव्र बनाएको थियो ।  खोजी गर्ने क्रममा  फेला परेको नगद सहितको पर्स आज जिल्ला प्रहरी कार्यालय झापाले पर्स धनी मगरलाई नगद १९ हजार सहित फिर्ता गरेको हो । अटो खोजी गर्ने क्रममा फेला परेपछि उनीसँग सोधी खोजी गर्दा उसले सुरक्षित राखिदिएको भन्ने जानकारीका नगद सहित फिर्ता भएको झापा प्रहरीले जनाएको छ।