विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम आज(सोमबार) प्रदेश सभामा प्रस्तुत गर्दैछ । 

आज दिउँसो ३ बजे बस्ने सातौँ अधिवेशन अन्र्तगतको दोस्रो बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएको छ । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित गर्दै प्रदेश सभामा प्रस्तुत गर्ने निर्णय गरेको थियो । 

सरकारले नीति तथा कार्यक्रममा समावेशी विकास, लगानी, रोजगारी सृजना, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, कृषि तथा सहकारी क्षेत्रको सुदृढीकरण लगायतका क्षेत्रलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएपछि त्यसका आधारमा आगामी आर्थिक वर्षको बजेट तयार पारिनेछ ।