सुनसरी । बुधबार साँझ आएको हावाहुरी,चट्याङ लागेर झापा र संखुवासभा एक /एक जनाको मृत्यु भएको छ ।
संखुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जानकारी दिएको छ ।
घरमै बसिरहेको अवस्थामा अचानक चट्याङ पर्दा तामाङको मृत्यु भएको हो । चट्याङले लागेर तीन जना घाइते भएका छन् ।
हावाहुरीसँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी तामाङलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, झापामा गए राति आएको हावा हुण्डरीले घर भत्काउँदा हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । टिनको छाना भएको घर भत्किँदा बिमले थिचेर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।