विराटनगर । धनकुटामा सोमबार वहान भएको दुर्घटनाका घाईते थप एकजनाको मृत्यु भएको छ। बस दुर्घटनामा ज्यान जानेको संख्या ३ पुगेको छ ।  भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर १३ का ५८ बार्षीय लिलाबहादुर श्रेष्ठकोे आज विहान मृत्यु भएको हो । सोेमबार साँझ दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक  सुनसरीको धरान उपमहानगरपालिका १३ बस्ने वर्ष ५१ को रुद्र तामाङको मृत्यु भएको थियो ।  गम्भीर अबस्थामा उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामामा उपचारको क्रममा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । दुर्घटनामा धनकुटा नगरपालिका– ६ कि ७३ वर्षीया कृष्ण कुमारी राई (भुजेल) को सोेमबार विहान बस दुर्घटना भए लगत्तै जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको थियो ।  दुर्घटनामा परेर ज्यान गएको थियो ।  दुर्घटटनामा मृत्यु हुनेको संख्या ३ पुगेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 

धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको बस सोमबार बिहान धनकुटा नगरपालिका– ६ मा दुर्घटनामा भएको थियो । दुर्घटनामा घाइते भएकामध्ये थप २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य १२ जनाको उपचार भईरहेको प्रहरीले जनाएको छ। उकालो चढ्ने क्रममा एयर पाइप फुटेर ब्रेक नलाग्दा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको अहिले पनि जिल्ला अस्पताल धनकुटा र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको  छ ।