विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारीहरू पुन फर्कने प्रयासको कुनै सम्भावना नभएको बताएका छन् । लगानी सम्मेलन कोशीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विस्थापित तत्तवहरु फेरी फर्कन सकिन्छ कि भनेर जमर्को गरिरहेको बताए । उनले भने, नेपालमा सङ्घीयता र गणतन्त्र आएको धेरै नभएकाले प्रतिगमनको प्रयास हुनु नयाँ कुरा नभएको बताए । उनले भने प्रतिगमनको  प्रयास संसारभर हुन्छ । तर नेपालमा  ती प्रयासहरूको नेपालमा कुनै सम्भावना छैन । ’

उनले प्रतिगमनकारीहरुले एक झल्को क्यारेक्टरहरू मात्रै देखाउने काम गरेको बताए । प्रधानमन्त्री ओलीले भने,‘उनीहरूले चैत्र २५ गते त्यो क्यारेक्टर देखाए अव त्यो सकिएर गएको छ ।’ उनले प्रतिगमनकारीहरू अधिनायकवादी चरित्र देखाएको दाबी गरे । उनले दुई जना कलाकारको उदाहरण दिँदै प्रतिगमनकारीहरुले देखाएको क्यारेक्टर प्रस्ट भएको बताए । कोही कालाकारलाइै कोही मान्छे मन पर्‍यो । कोही राजनीतिक दल मन पर्‍यो त्यो कलाकारलाई  असहिष्णु व्यवहार देखाएका । एक जना कालकारले एक जनालाई राम्रो हुनुहुन्छ फिल्म खेल्दा राम्रो हुन्छ भनेको उहाँको फिल्म नहेर भनेर हल्ला पिटाए ।

नेपालमा ल एन्ड अर्डरको अवस्था ठिक रहेकाले लगानीको वातावरण भएको बताए । अहिले सबै हिसाबले ल एन्ड अर्डरको अवस्था छ । ढुक्क भएर लगानी गर्नुस् । प्रधानमन्त्री ओलीले सडक पूर्वदार र हवाई पूर्वाधारको अवस्था पनि ठिक भएको बताए । उनले चाँडै कोशीबाट गङ्गासम्मको जलमार्ग पनि सञ्चालन हुने बताए ।