विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशमा लगानीको वातावरण बनाउन निजी क्षेत्रको वारेस लिएर काम गर्ने बताए । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा बोल्दै उनले प्रदेशमा लगानी भित्र्याउन प्रदेश सरकार निजी क्षेत्रको वारेस भएर काम गर्ने बताए । उनले भने निजी क्षेत्रले लगानीको वातावरण बनाउनका लागि कानुनहरू संशोधन गर्न भन्नु भएको छ हामी संशोधन गर्न तयार रहेको बताए । उनले कोशी प्रदेशमा निजी क्षेत्रको लगानीको वातावरण ग्यारेन्टी गर्न आफूहरू सङ्घीय सरकारको ढोकमा पुग्ने समेत बताए ।
उनले प्रदेशमा भएका सम्भावनाका क्षेत्रहरूमा लगानी गर्नका लागि लगानी सम्मेलन आयोजना गरेको बताए । स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार र निजी क्षेत्रले बनाएका परियोजनाहरू हेरेर लगानी सम्मेलनमा ७१ वटा परियोजना तयार पारिएको बताए । उनले भने, हामीले अध्ययन गर्दा निजी क्षेत्र उत्साहित भएको पाएपछि हामीले यो सम्मेलनको आयोजना गरिएको बताए । सङ्घीय सरकारले पनि लगानीको वातावरण बनाउन ऐनहरू संशोधन गरेको दाबी गरे ।