विराटनगर । नेकपा एमालेले  ग्रामथान गाउँपालिकाको अध्यक्षको निर्वाचन लक्षित कार्यक्रमलाई तीव्र बनाएको छ। आगामी मङ्सिर १६ गते हुने अध्यक्ष पदको निर्वाचनमा एमालेले अध्यक्षमा तुलसीराम विश्वासलाई उम्मेदवार बनाएको छ । उम्मेदवार घोषणासँगै  नेकपा एमालेले मङ्गलवार दिउँसो  प्रशिक्षण कार्यक्रम आयोजना  गर्ने तयारी गरेको नेकपा एमाले ग्रामथान चुनाव प्रचार समितिका संयोजक प्रयाग न्यौपानेले जानकारी दिए । नेपाल कम्युनिस्ट पार्टी एमाले मोरङको आयोजनामा जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना हुने छ । प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका महासचिव शङ्कर पोखरेल आउने कार्यक्रम छ ।  गोपीकृष्ण मणि कर्णिका सभा हल ग्रामथानमा हुने कार्यक्रम चुनाव लक्षित भएकोले  त्यही अनुसारको तयारी भएको नेकपा एमाले मोरङ जिल्ला अध्यक्ष बाबुराम कार्कीले जानकारी दिए ।  उम्मेदवार  टुङ्गो लगाई सकेको र पार्टीका गतिविधिहरू चुनाव लक्षित गरेर तीव्र पारिएकोले यो कार्यक्रम  चुनावी प्रशिक्षण भएको उनले जानकारी दिए ।