इटहरी । इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले २९ औँ स्थापना दिवसको अवसरमा विभिन्न विशिष्ट व्यक्तिहरूलाई सम्मान गरेको छ ।
कार्तिक १३ गते बुधवार २८ वर्ष पुरा गरी २९ वर्ष प्रवेश गरेको अवसरमा एक कार्यक्रमको आयोजना गरी विशिष्ट व्यक्तिहरूलाई सम्मानित तथा पुरस्कृत गरिएको हो । 
२८ वर्ष अघि ३४ जना व्यक्तिहरूले ५० रुपैयाँ रकम सङ्कलन गरी सुरु गरिएको किसान कल्याण बचत तथा सहकारी संस्थाले समुदायमा आधारित सहकारी क्षेत्रमा ठुलो सफलता हासिल गरेको कार्यक्रममा बताइएको छ । 
३४ जनाबाट सङ्कलन भएको १७ सय रुपैयाँबाट कारोबार सुरु गरेको किसान कल्याण साकोस अहिले १ अर्ब ४० करोड पुँजीमा विस्तार भएको कार्यक्रममा जानकारी दिएको छ । 
सहकारी संस्थाले उत्कृष्ट सहकारी अभियन्ताको रूपमा सहकारी अभियन्ता तथा एन एम सी सहकारी झापाका निर्वमान अध्यक्ष रामचन्द्र उप्रेतीलाई नगद सहित सम्मान गरेको छ । अभियन्ता उप्रेती विगत ३१ वर्ष देखी सहकारी अभियानमा लागेर योगदान पुर्‍याएका व्यक्ति हुन ।
k

उनलाई नेफ्सकुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी तथा किसान कल्याण साकोसका अध्यक्ष शालिकराम ढकालले दोसल्ला तथा सम्मान पत्र प्रदान गरेका थिए । 
नेपाल सरकारकी परराष्ट्र सचिव भएकी सेवा लम्साल, साफ गेमका कास्य पदक विजेता शुभम पोखरेल र अन्य क्षेत्रमा योगदान पुर्‍याउने विपुल कोइराला र हेमराज राईलाई विशिष्ट सम्मानको रूपमा सम्मानित गरेको छ ।  
यस्तै संस्थाले सञ्चार क्षेत्रमा योगदान पुर्‍याएको भन्दै सञ्चार पाटी डट कम र इटहरी एफ एमका पत्रकार विवेक भट्टराईलाई उत्कृष्ट सञ्चारकर्मीको रूपमा सम्मान गरेको छ । यस्तै अर्का पत्रकार भविन राउतलाई उत्कृष्ट सञ्चारकर्मीको रूपमा नगद सहित सम्मान गरेको छ । 
किसान कल्याण साकोसले स्थापना दिवसको अवसरमा  विभिन्न २३ विधामा १ सय २ जनालाई सम्मान तथा पुरस्कृत गरेको छ । संस्थाले १६ जना नियमित बचतकर्ता पुरस्कार,१३ जना ऐच्छिक बचतकर्ता, असली ऋणी पुरस्कारको रूपमा १४ जनालाई पुरस्कृत गरेको छ । 
यस्तै,संस्थाले ११ जना उत्कृष्ट बालबचतकर्तालाई पुरस्कृत गरेको छ भने ३ ज्येष्ठ सदस्य,नियमित क्रमिक बचतकर्ता एक जना,शेयर सदस्य विस्तारमा योगदान दिने १० जनालाई पुरस्कृत गरेको छ । 

k5

त्यस्तै, अधिकतम सेवा गर्ने सदस्य पुरस्कारबाट २ जना, २ जना उत्कृष्ट कृषक, २ उत्कृष्ट व्यवसायी, २ जना उत्कृष्ट उद्यमी, २ जना युवा उद्यमी, एक फरक क्षमता भएका शेयर सदस्यलाई सम्मानित तथा पुरस्कृत गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले जानकारी दिए ।  
संस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रममा नियमित रूपमा रक्तदान गर्ने ४ जनालाई सम्मानित गरेको छ । चूडाराज खतिवडा सम्मानबाट ४ जना सम्मानित भएका छन् । निर्वमान सञ्चालक देवी प्रसाद लुइँटेललाई संस्थापक अध्यक्ष सम्मानले सम्मानित गरिएको  संस्थाले जानकारी दिएको छ । 
चतरा सेवा केन्द्रका प्रमुख वरिष्ठ सहायक राजेन्द्र राउत र पूर्वी गैसार सेवा केन्द्रकी फिल्ड सहायक तिला श्रेष्ठलाई उत्कृष्ट कर्मचारीबाट पुरस्कृत गरिएको छ ।  
k6

बाङ्गे सेवा केन्द्र उत्कृष्ट सेवा केन्द्र,सरस्वती जब्दी मा.वि उत्कृष्ट विद्यालय,धाम टोल केन्द्र र शिव पार्वती केन्द्रलाई उत्कृष्ट लघुवित्त केन्द्रको रूपमा पुरस्कृत गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत बस्नेतले जानकारी दिए ।  

सहकारीका अन्तर्राष्ट्रिय मूल्य र मान्यता र राज्यले निमार्ण गरेका सहकारी ऐन कार्यान्वयन गरेर संस्थाले सहकारी क्षेत्रमा उदाहरण प्रस्तुत गरेको नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले बताए । राम्रो काम गरेको भन्दै उनले संस्थालाई बधाई पनि दिए । 

संस्थाका अध्यक्ष शालिकराम ढकालले संस्थाले मात्रात्मक रूपमा उल्लेखनीय पुँजी वृद्धि गर्दै गुणात्मक सेवा विस्तार समेत गरिरहेको जानकारी दिए । संस्थाले गरेका कार्यलाई पारदर्शी बनाउन र संस्थालाई सफल बनाउन तर्फ कार्य गरिरहेको बताए । 
k1

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ सञ्चालक लक्ष्मी सापकोटा, कोसी प्रदेश सहकारी सङ्घका हरि प्रसाद सुवेदी, जिल्ला सहकारी सङ्घ अध्यक्ष गंगा प्रसाद दाहाल, संस्थाका सल्लाहकार प्रमुख कृष्ण विनोद लम्साल, सल्लाहकार प्रमोद शेर्पा,  इटहरी वडा नं. १६ का अध्यक्ष  तेज नारायण चौधरीले आफ्नो धारणा राख्दै संस्थाको कामको प्रशंसा सहित शुभकामना व्यक्त गरेका थिए । 
संस्थाले हाल सुनसरी जिल्लाका ७ ठाउँमा सेवा केन्द्र सञ्चालन गर्दै २३ हजार ३ सय ६८ जना सेयर सदस्य मार्फत कारोबार गर्दै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले जानकारी दिए ।